२०८२ जेठ २१ मङ्गलबार

राशिफल

कपनमा आगो लगाएर श्रीमतीको हत्या

काठमाडौं : स्थित कपनमा गएराति श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

प्रहरीले पत्नीको हत्या आरोपमा बुढानिलकण्ठ नगरपालिका–१० कपनस्थित आकाशे धारा नजिक डेरामा बस्ने सिरहा लाहान नगरपालिका–७ घर भएका प्रवीण चौधरीलाई पक्राउ गरेको हो ।

४२ वर्षीय प्रविनले श्रीमती ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अस्मिता सुतिरहेको अवस्थामा शरिरमा तारपिन तेल खन्याएर प्रविनले आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।