काठमाण्डौं : संसारभरी सैन्य खर्च पहिलो पटक दुई ट्रिलियन डलरभन्दा बढी पुगेको छ ।
यो जानकारी सिपरी अर्थात् स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटले आफ्नो रिपोर्टमा दिएको छ ।
सन् २०२१ मा जुन पाँच देशले सैन्य क्षेत्रमा सबैभन्दा बढी खर्च गरेका छन्,
ती हुन् अमेरिका, चीन, भारत, बेलायत र रुस । सिपरीका अनुसार यी पाँच देशको सैन्य क्षेत्रमा खर्च पूरा विश्वको खर्चको ६२ प्रतिशत थियो ।
सिपरीको रिपोर्ट अनुसार सन् २०२१ मा भारतको सैन्य खर्च ७६.६ अर्ब डलर थियो ।
सन् २०२० को तुलनामा यसमा ०.९ को बढोत्तरी थियो जबकी सन् २०१२ को तुलनामा सैन्य खर्चमा ३३ प्रतिशतको वृद्धि थियो ।
तपाइँको प्रतिक्रीया