काठमाण्डौं : राजधानि काठमाण्डौंबाट हेलिकोप्टरमा मनोनयन दर्ता गर्न पुगेका खोटाङ कांग्रेसबाट मेयर उम्मेदवारको टिकट पाएका नेता धर्मराज पोखरेल लखेटिएका छन् ।
दिक्तेल हेलिप्याडमा हेलिकोप्टर अवतरण गर्नासाथ कार्यकर्ताहरुले उनलाई लेखेटेका थिए ।
वडा, नगर, जिल्ला समितिले प्रदेश समितिलाई सिफारिस गरेका पार्टी उपसभापति तीर्थराज भट्टराईलाई टिकट नदिएर उनले काठमाडौबाट नै मेयरको टिकट लिएर पुगेका थिए ।
त्यसपछि खोटाङ कांग्रेसका नेता कार्यकर्ताले आन्दोलन सुरु गरे ।
पार्टी कार्यालयमा ताला लगाएर आन्दोलन थालेपछि पार्टी सभापति शेरबहादुर देउवाले धर्मराजको टिकट खोसेर फेरी तीर्थराज भट्टराईलाई टिकट दिए ।
धर्मराजले प्रदेश समितिले दिएको टिकट बोकेर मनोनयन दर्ता गर्न हेलिकोप्टरबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक अवतरण भए ।
यता तीर्थराज भट्टराई पार्टी सभापतिले हस्ताक्षर गरेको टिकट प्रिन्ट गर्दै थिए ।
पहिले नै धर्मराजले मनोनयन दर्ता गराउने अवस्था आएपछि कार्यकर्ता लगाएर उनलाई लखेटिएको छ ।
हेलिप्याडबाट प्रहरीको संरक्षणमा उनलाई भगाईएको छ ।
भिडियो https://www.facebook.com/100050403191324/videos/5009407269115161/
तपाइँको प्रतिक्रीया