काठमाण्डौं : खोटाङको खोटेहाङ गाउँपािलका ९ लिच्किराम्चे निवासी एवम् हाल ग्रीनल्याण्ड टोखामा बसोबास गर्दै आएका ४० बर्षीय गणेश मुग्राती दुवै मृगौला फेल भएको कारण रोगले ग्रस्त छन् ।
हाल टिचिङ अस्पतालमा उपचार गराईरहेका करिब ९ महिना बितिसक्दा दिनप्रतिदिन उपचार गर्न आर्थिक समस्या चुलिदै गएको छ। आर्थिक संकट चुलिएसँगै उपचार खर्च जुटाउन समस्या भएको पारिवारीक श्रोतले जनाएको छ ।
घरको जिम्मेवारी बहन गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने घरमूली व्यक्तिले स्वास्थ्य अवस्था नाजुक भएको कारण आफू अस्पतालमा आएर उपचार गरिरहँदा छोराछोरीलाई विद्यालयमा तिर्ने शुल्क समेत बुझाउन नसकिएको मृगौला पिडित मुग्रातीले बताए ।
अहिले आफ्नो आर्थिक अवस्था निकै कमजोर भएकोले मुग्राती परिवारले उपचारका लागि आर्थिक सहयोग गर्न सबैसँग आग्रह गर्दै आएका छन् ।
सहयोग गर्न ईच्छुक महानुभावहरुले ९८१८२३५८४१ सम्पर्क गरी राष्ट्रिय वाणिज्य बैंकको टोखामा रहेको खाता नम्बर १९४०१०००००७८८०१० मा आर्थिक सहयोग गर्न अपिल गरेका छन् ।
तपाइँको प्रतिक्रीया