२०८२ जेठ २१ मङ्गलबार

राशिफल

पालिक चु्नावमा १ लाख ३० हजारको हाराहारीमा उम्मेदवारको मनोनयन दर्ता

काठमाण्डौ :  आउँदो ३० गते हुने पालिका चुनावका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् ।

कतै बाजागाजासहित उम्मेदवारी दर्ता भएको छ भने कतै बागी उम्मेदवारी परेको छ । यस्तै, कतै निर्विरोध छ । निर्वाचन आयोगले हिजो र अस्ति उम्मेदवारी मनोनयन दर्ता गराउने समय दिएको थियो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राति अबेरसम्ममा एक लाख ३० हजारको हाराहारीमा उम्मेदवारको मनोनयन दर्ता भएको छ तर यो सङ्ख्या घटबढ हुनसक्छ । विवरण अद्यावधिक भइरहेकाले यो तथ्याङ्क अन्तिम नभएको उहाँको भनाइ छ।

मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन भएपछि मात्रै यकिन उम्मेदवारको विवरण थाहा हुने बताए ।