२०८२ जेठ २१ मङ्गलबार

राशिफल

टिपर र स्कुटर ठोक्किदा एक जनाको मृत्यु

काठमाण्डौ :   गएराति भक्तपुरमा टिपर र स्कुटर ठोक्किदा एक जनाको ज्यान गएको छ ।

गएराति साढे १२ बजे थिमि नगरपालिकाको चारदोबाटोमा बा ४ ख ८५८१ नम्बरको टिपरले वाग्मती प्रदेश ०२–०२३ प ७७६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरका चालक काभ्रे घर भइ हाल भक्तपुरको चाँगुनारायण बस्ने ३२ वर्षिय ज्ञानेन्द्र मल्ल ठकुरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते ठकुरीको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।