काठमाडौं : रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष पदका लागि दिएको उम्मेदवारी रद्द भएको छ ।
पार्टीले राति अबेर दुई जनाको उम्मेदवारी दर्ता गराएपछि उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत शान्ति प्रसाद लुइँटेलका अनुसार एमालेले सुरुमा तेब्रेल तामाङको उम्मेदवारी दर्ता गराएको थियो ।
तामाङको नाम नयाँ शक्तिबाट समानुपातिकमा देखिएपछि फूर्पुसिङ्गीको नाम दर्ता गराइएको थियो । एउटै पार्टीबाट अध्यक्षमा दुई जनाको नाम दर्ता भएकाले रद्द गरिएको बताए । यसको लागि निर्वाचन आयोगसँग राय लिने उनको भनाइ छ ।
तपाइँको प्रतिक्रीया