काठमाण्डौ : अहिले देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहेको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव समेत रहेकाले पहाडी भूभागमा मौसम आंशिकदेखि सामान्य बद्ली भएको हो । आज सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र प्रदेश.१ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बद्ली रही केही ठाउँमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।
प्रि(मनसुनको समयमा पहाडी क्षेत्रमा चट्याङ्गको सम्भावना रहने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रीया