२०८२ जेठ २२ बुधबार

राशिफल

अपडेट  : पालिका चुनावका लागी १ लाख ४० हजार बढीको मनोनयन दर्ता

काठमाण्डौ  : आउँदो ३० गते हुने पालिका चुनावका लागि एक लाख ४० हजारभन्दा धेरैको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार एक लाख ४१ हजार ४ सय ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मेयरमा तीन हजार ३ सय १८‚ उपमेयरमा दुई हजार ३६‚ अध्यक्षमा तीन हजार ३ सय ६ र उपाध्यक्षमा दुई हजार ३ सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै‚ वडाध्यक्षमा ३३ हजार १ सय ११‚ महिला सदस्यमा २४ हजार २ सय ८३‚ दलित महिला सदस्यमा २१ हजार ९ सय ७९ र वडा सदस्यमा ५१ हजार ९२ जनाले उम्मेदवारी दिएका छन्।

प्रदेशगत रूपमा सबैभन्दा बढी मधेसमा ३६ हजार २ सय ७५ र सबैभन्दा कम सुदूरपश्चिममा ११ हजार ७ सय ६२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । यस्तै‚ प्रदेश-१ मा २२ हजार १ सय ९४‚ वाग्मतीमा २३ हजार ६ सय ५४ र गण्डकीमा १२ हजार ३ सय १४‚ लुम्बिनीमा २२ हजार ४ सय २१ र कर्णालीमा १२ हजार ८ सय ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारको विरोधमा आज दाबी विरोधको उजुरी दिन सकिने छ ।