२०८२ जेठ २० सोमबार

राशिफल

जर्मनीका ४० कुटनीतिज्ञहरूलाई देश निकाला गर्ने

काठमाण्डौं : मस्कोले जर्मनीका ४० कुटनीतिज्ञहरूलाई देश निकाला गर्ने भएको छ । युक्रेन द्वन्द्वमा रुसी कुटनीतिज्ञहरूलाई देश निकाला गर्ने वर्लिनको ‘शत्रुतापूर्ण निर्णय’ को बदलामा मस्कोको पछिल्लो कदम आएको हो ।

रुसी विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मस्कोमा जर्मनीका राजदूतलाई बोलाएर रुसमा रहेका जर्मनीका कूटनीतिक संस्थाका ४० जना कर्मचारीलाई नन ग्राटा घोषणा गर्ने जनाएको छ ।

‘रूसी कुटनीतिज्ञहरूलाई निष्कासन गर्ने जर्मन सरकारको शत्रुतापूर्ण निर्णयको सम्बन्धमा मस्कोस्थित जर्मन कूटनीतिक नियोगका प्रमुखसमक्ष कडा विरोध जनाइएको छ’, मन्त्रालयले भनेको छ ।