२०८२ जेठ २१ मङ्गलबार

राशिफल

उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आजबाट जाँचबुझ सुरु

काठमाण्डौ  :  पालिका चुनावका लागि उम्मेदवार बनेकाहरुको विरोधमा परेका उजुरीमाथि आजदेखि जाँच सुरु हुने भएको छ । आज र भोलि जाँचबुझ गरिने र पर्सि १६ गते उम्मेदवारले नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

उम्मेदवारको विरोधमा हिजो ठाउँठाउँमा दाबी विरोधको उजुरी दर्ता भएको छ । ललितपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट मेयरको उम्मेद्वार रहेका चिरिबाबु महर्जनविरुद्ध बेरुजु फर्छ्यौट नगरेको भन्दै उजुरी परेको छ ।

यस्तै ललितपुर महानगरपालिकामा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरुद्ध २०७४ सालको प्रदेश सभा चुनावमा समानुपातिकतर्फको बन्द सूचीमा नाम रहेको भन्दै उजुरी परेको छ । अरु पालिकामा पनि केही उम्मेदवारविरुद्ध उजुरी परेको छ ।