काठमाडौं : सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।
असार मसान्तसम्मका लागि भन्दै यि सामानहरुमा रोक लगाएको हो ।
१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
२.सबै प्रकारका तयारी मदिरा
३. चुरोट तथा सुर्तीजन्य बस्तु
४. हिरा
५. मोबाइल सेट
६. रंगीन टेलिभिजन ३२ इञ्चभन्दा माथिका
७. जीप, कार र भ्यानहरु
८.२५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल
९. सबै प्रकारका खेलौनाहरु
१०. खेल्ने तास
मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ ।
तपाइँको प्रतिक्रीया