काठमाडौं : वीरेन्द्रनगर नगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य, तथा खुला सदस्य गरेर ४ सय ७६ जनाको उम्मेदवारी दर्ता भएको छ । नगरपालिकाको मेयरमा मात्रै १७ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये पाँच जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वीरेन्द्रनगरको मेयरमा नेकपा एमालेबाट मोहनमाया ढकाल, नेपाली कांग्रेसबाट उपेन्द्र खड्का, नेकपा माओवादी केन्द्रबाट राजेन्द्र देव गिरी, एकीकृत समाजवादीबाट धनाकुमारी जिसी र जनता समाजवादी पार्टी, नेपालबाट गगनबहादुर सारुले उम्मेदवारी दर्ता गरेको हो ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मुकुन्द श्याम गिरी, राष्ट्रिय जनमोर्चाबाट विष्णुप्रसाद शर्मा, नेपाल मजदुर किसान पार्टीबाट गोविन्दनाथ योगी, राष्ट्रिय नागरिक पार्टीबाट टिकाराम रेग्मी, नेपाल दलित पार्टीबाट नीलकण्ठ भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट टंकप्रसाद रेग्मी र नेपाल परिवार दलबाट दिनेशप्रसाद काफ्ले मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन ।
यस्तै फष्टबहादुर हमाल, चिन्तामणी शर्मा, भीमप्रसाद शर्मा, सिद्धबहादुर खड्का, उमानन्द पंगालीले वीरेन्द्रनगरको मेयरका लागि स्वतन्त्र रुपमा उम्मेदवार दर्ता परेको छ ।
नगरपालिकाको उपमेयरमा तीन जनाको स्वतन्त्र उम्मेदवारसहित १५ जनाको उम्मेदवारी दर्ता भएको छ । उपमेयरका लागि एमालेबाट नीलकण्ठ खनाल, नेपाली कांग्रेसबाट रामकुमारी थापा, नेकपा माओवादी केन्द्रबाट शान्ति ढकाल, जनता समाजवादी पार्टी, नेपालबाट सन्तोषी विश्वकर्मा, एकीकृत समाजवादीबाट वीरबहादुर रावत र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीकुमारी शार्कीले उम्मेदवारी दर्ता गरिएको छ ।
राष्ट्रिय जनमोर्चाबाट कृष्णाकुमारी रावल, नेपाल मजदुर किसान पार्टीबाट बिजुकला रावल, नेपाल नागरिक पार्टीबाट पवित्राकुमारी शर्मा, नेपाल दलित पार्टीबाट भूमिसरा विक, नेकपा समाजवादीबाट दिलमाया आले मगर, नेकपा माओवादी समाजवादीबाट बिमला पुन मगरले पनि उपमेयरमा उम्मेदवारी दिएको छ ।
यस्तै नगरपालिकाको उपमेयरमा अनिल ढकाल, भोजप्रसाद चपाई र दिपेन्द्र ढकालले स्वतन्त्र उम्मेदवारी दिएको हो ।
तपाइँको प्रतिक्रीया