काठमाडौं : युक्रेनको विषयलाई लिएर पश्चिमा देश र रुसबीच थप तनाव बढेको छ । रुसले युक्रनमाथिको आक्रमण नरोकेपछि जर्मनीले युक्रेनलाई झण्डै ५० वटा एन्टी–एयरक्राफ्ट ट्यांक सहयोग गर्ने भएको छ ।
युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने विषयमा अमेरिका र उसका साझेदारबीच जर्मनीमा बैठक बसिरहेका बेलामा यो निर्णय आएको हो । यसअघि अमेरिकाले युक्रेनलाई थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो । अमेरिकाले रुसको आक्रमण विरुद्धको लडाइमा युक्रेनलाई सहायता दिनेमा आफूहरु प्रतिबद्ध रहेको र विश्वका धेरै देश एकजुट रहेको बताएको छ । यसैबीच, रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले पोल्याण्ड र बल्गेरियालाई आजदेखि ग्यास पठाउन बन्द गर्ने जनाएको छ ।
रुसले मित्रवत् व्यवहार नगर्ने देशलाई रुबलमा ग्यासको भुक्तानी गर्न भनेको छ । तर, दुवै देशले त्यसरी भुक्तानी गर्न अस्वीकार गरेका छन् । उनीहरुले रुबलमा भुक्तानी गर्न अस्विकार गरेसँगै रुसी ऊर्जा कम्पनीले ग्यास पठाउन बन्द गर्ने भएको हो ।
तपाइँको प्रतिक्रीया