२०८२ जेठ २१ मङ्गलबार

राशिफल

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं :  मोरङको बुढीगंगा गाँउपालिका ३ शान्तिचोकमा मंगलबार कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुढीगंगा गाँउपालिका २ बगवनका अन्दाजी ३० बर्षीय शोभा राजवंशी रहेका छन् ।

बागमती प्रदेश ०१–०२७ च २२ ६६ नम्बरको कारको ठक्करबाट गम्भीर घाइते भएका राजवंशीको गंगाचोक स्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजवंशीले चलाएको मे २ प ६९५७ नम्बरको मोटरसाइकललाई हिजो मंगलबार दिँउसो साढे १ बजे कारले ठक्कर दिएको थियो । कार चालकलाई ईलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ ।