२०८२ जेठ २२ बुधबार

राशिफल

भारतको तमिलनाडुमा करेन्ट लाग्दा ११ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं :  भारतको तमिलनाडुमा करेन्ट लाग्दा ११ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । तञ्जावुर जिल्लामा एउटा मन्दिरको रथयात्राका क्रममा हाईभोल्टेजको तारमा ठोक्किँदा ११ जनाको ज्यान गएको र १५ जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

ज्यान गुमाउनेमा केही बालबालिका पनि छन् । तञ्जावुरको कालिमेदुको मन्दिरमा ९४औँ माथिल्लो गुरुपूजा पर्व मनाइँदैछ । त्यसमा सहभागी हुन गएरातिदेखि दर्शनार्थीको भीड लागेको थियो । घटनाको अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ । यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २–२ लाख र घाइतेहरुलाई ५० –५० हजार भारतीय रुपैयाँ दिने भएको छ ।

यस्तै, तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले ज्यान गुमाएकाका परिवारलाई ५–५ लाख भारतीय रुपैयाँ दिनेघोषणा गरेको छ ।