२०८२ जेठ २१ मङ्गलबार

राशिफल

पोल भाडा नतिर्ने विभिन्न कम्पनीको तार काट्ने चेतावनी

काठमाडौं :  नेपाल विद्युत् प्राधिकरणले टेलिफोन, इन्टरनेट, केवल टीभी सेवा प्रदायक कम्पनीलाई फेरि पोल भाडाको बक्यौता महसुल तिर्न आउन आग्रह गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै प्राधिकरणले वैशाख मसान्तसम्म विद्युतीय संरचनाहरू प्रयोग गरेर, अप्टिकल फाइवर भाडामा लिएर बक्यौता महसुल नतिर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

अधिकांश सेवा प्रदायकहरूले नियमाअनुसार सम्झौता नगरी वा आंशिक क्षेत्रको मात्रै सम्झौता गरेर विद्युतीय संरचनाहरू प्रयोग गरिरहेको भन्दै नियमानुसार सम्झौता र नवीकरण गर्न आग्रह गरेको छ । हालसम्मको बाँकी बक्यौता भाडा रकम भुक्तानी गर्न पनि प्राधिरकणले अनुरोध गरेको छ ।

‘नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको कार्य नगर्न यसअघि नै पटकपटक सचेत गरिसकिएको छ,’ सूचनामा भनिएको छ ।