२०८२ जेठ २२ बुधबार

राशिफल

विराटनगरको प्रमुखका लागि सीकेदेखि ठुला दल र स्वतन्त्र उम्मेदवार समेत उत्रिए मैदानमा

काठमाण्डौं : देशका ६ वटा महानगरमध्येको एक विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि सीके राउत नेतृत्वको जनमत पार्टीदेखि लिएर ठुला दल र स्वतन्त्र उम्मेदवारले समेत उम्मेदवारी दर्ता गराएका छन् ।

विराटनगरको प्रमुखमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नागेश कोइराला र नेकपा एमालेको तर्फबाट सागर थापाले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी सीके राउत नेतृत्वको जनमत पार्टी, राप्रपा, विवेकशील साझा पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका अतिरिक्त स्वतन्त्र उम्मेदवार महानगर प्रमुखका लागि चुनावी मैदानमा छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महानगर प्रमुख पदका लागि १६ जनाले उम्मेदवारी दिएका छन् ।