२०८२ जेठ २२ बुधबार

राशिफल

अभिनेता बाबुविरुद्ध यौनहिंसाको मुद्दा दर्ता

काठमाण्डौं : मलयालम अभिनेता तथा निर्माता विजय बाबुविरुद्ध यौनहिंसाको मुद्दा दर्ता भएको छ ।

भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार केरल प्रहरीले एक महिलाको उजुरीको आधारमा विजय बाबुमाथि यौन उत्पीडनको मुद्दा दर्ता गरेको हो ।

प्रहरीले २२ अप्रिलमा यसबारे उजुरी प्राप्त गरेको र त्यसपछि अभिनेताविरुद्ध उजुरी दर्ता गरेको जानकारी दिएको छ ।