काठमाण्डौं : भारतले मागे जति बिजुली दिन नसकेपछि फेरि लोडसेडिङ सुरु भएको छ । नेपालको माग धान्न भरतबाट दैनिक ३०० मेगावाट बिजुली ल्याउँदै आएको थियो ।
तर, भारतले यो परिमाणको बिजुली दिन नसक्दा फेरि लोडसेडिङ सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको हो ।
भारतबाट चाहिएजति बिजुली पाउन छाडेपछि उद्योगमा राती ६ बजेदेखि बिहान ६ बजेसम्म १२ घण्टा लोडसेडिङ सुरु भएको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा सङ्कटका कारण भारतले ३ दिन यता मागे जति बिजुली दिन नसकेको बताए ।
एक्सचेन्ज बजारमा मागेजति बिजुली लिन नसकिरहेको स्थितिमा बिहार सरकारले पनि विगत १ महिनादेखि नेपाललाई रातिको समयमा बिजुली दिन सकेको छैन ।
यस्तै पछिल्लो २, ३ दिनदेखि दिउँसो पनि बिजुली दिन नसक्ने जानकारी प्राधिकरणलाई दिइसकेको छ । यससँगै वैशाख महिनाभर बिजुली सङ्कट हुने प्राधिकरणको भनाई छ ।
तपाइँको प्रतिक्रीया