काठमाण्डौं : रौतहटका १८ पालिका प्रमुखका लागि ४ सय १५ जनाले मनोनयन दर्ता गराएका छन् ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रौतहटका १८ पालिका प्रमुखका लागि ४ सय १५ र उपप्रमुखका लागि १ सय ६८ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
रौतहटको १६ नगरपालिका र २ गाउँपालिकाका गरी १८ स्थानीय तह छन् ।
यस्तै जिल्लामा १ सय ५७ वडाध्यक्षका लागि १ हजार २ सय ७७ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ।
यस्तै खुला सदस्यमा १ हजार ८ सय ७ जना , महिला सदस्यमा ८ सय ७१ जना र दलित सदस्यमा ८ सय ४७ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए।
तपाइँको प्रतिक्रीया