२०८२ असार १२ बिहीबार

राशिफल

थुलुङ दुधकोशीमा १५४ जनाले उम्मेद्वारी दर्ता गराए, कुन पदमा कस्को उम्मेद्वारी ?

सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा १ सय ५४ जनालेउम्मेद्वारी दर्ता गराएका छन् । निर्वाचन अधिकृत अन्जन भट्टराईका अनुसार गाउँपालिका अध्यक्षमा ५ जनाको उम्मेद्वारी परेको छ ।

नेकपा एमालेबाट आङबाबु राई, नेकपा माओवादी केन्द्रबाट असिम राई, नेपाली कांग्रेसबाट वीरबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनबाट मनकुमार गुरुङको उम्मेद्वारी परेको छ भने जीवन गुरुङले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

यस्तै उपाध्यक्षमा नेकपा एमालेबाट कल्पना गिरी बस्नेत, नेकपा माओवादी केन्द्रबाट सविता राई, कांग्रेसबाट एकाकुमारी कार्की बस्नेतले उम्मेद्वारी दिएका छन् ।

वडा अध्यक्ष र सदस्य सहित १ सय ५४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।