२०८२ जेठ २१ मङ्गलबार

राशिफल

स्थानीय तहका निर्वाचनमा ६२ हजारभन्दा बढी प्रहरी परिचालन गर्ने

काठमाण्डौं : वैशाख ३० मा हुने स्थानीय तहका निर्वाचनमा नेपाल प्रहरीले आफ्नो ९० प्रतिशत जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय सुरक्षा समितिले पारित गरेको स्थानिय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार ६२ हजारभन्दा बढी प्रहरी परिचालन गर्ने निर्णय गरिएको प्रहरी प्रवक्ता विष्णुकुमार केसीले बताए ।

प्रहरी प्रधान कार्यालयले १० प्रतिशत सुरक्षाकर्मीलाई मात्रै कार्यालयमा राख्ने भएको छ । कार्यालयको सुरक्षाका लागि १० प्रतिशत जनशक्ति प्रहरी युनिटहरूमा बस्ने एसएसपी केसीले जानकारी दिए ।