२०८२ असार १० मङ्गलबार

राशिफल

काभ्रे जिल्ला भुम्लु गाउँपालिका जसपा निर्णायक मतको साथ चुनावी मैदानमा

  • एनडीसी खबर२०७९ बैशाख १४ बुधबार २२:०४:१७

वैशाख ३० गते स्थानीय तहको निर्वाचनको माहोल जताततै चलिरहेको अवस्थामा काभ्रे जिल्ला जसपा निर्णायक मत लिने उद्देश्यका साथ चुनावी मैदानमा अग्रसर भएको छ। पहिचान, संघीयता, सुशासन र सदाचार स्थानीय सरकार समृद्धिको मूल आधार भन्ने जसपाको चुनावी नारालाई आत्मसात् गर्दै पार्टी केन्द्रिय कार्यालयले तयार गरेको २० पृष्ठ लामो घोषणापत्रमा फेरबदल नगरी काभ्रे जिल्ला भुम्लु गाउँपालिका जसपाका पदाधिकारीहरूको बैठकले निर्णय गरेको भुम्लु गाउँपालिका समिति काभ्रे जिल्लाको सह-सचिव रमेश जि.सी.(धिरज)ले बताउनुभयो। ज्येष्ठ नागरिक र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा, यातायात सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट, कृषिमा आधुनिकीकरण, स्वास्थ्य र सामाजिक सुरक्षाको क्षेत्रमा व्यापक सुधार, स्थानीयतहमा जनसहभागितामा जोड र पारदर्शी स्थानीय निकायको चाहना, प्रत्येक घरमा विद्युतीकरण ग्रामिण वातावरण स्वच्छ राख्ने उद्देश्य सहित अघि बढेको भुम्लु गाउँपालिका जसपाका जिल्ला सह-सचिव जि.सी को भनाई छ।

यसैगरी काभ्रे जिल्ला जसपा भुम्लु गाउँपालिका समितिले लामो समयदेखि पार्टीमा अविस्मरणीय योगदान पुर्याउदै आउनुभएका काभ्रे जिल्लाका सह-सचिव रमेश जि.सी(धिरज)लाई आसन्न मा स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवारीको रुपमा अगाडि सारेको छ। यसैगरी काभ्रे जिल्ला जसपा भुम्लु गाउँपालिका समितिले जसपा भुम्लु गाउँपालिका काभ्रे जिल्लामा सक्रिय रुपमा अघि बढिरहनु भएका जिल्ला सदस्य सुन्दरी तामाङलाई उप-मेयरको उम्मेदवारको रुपमा अघि सारेको छ।

काभ्रे जिल्ला भुम्लु गाउँपालिका अन्तर्गत रहने वडाहरुमा वडा नं १ मा गणेश जि.सी लाई वडा अध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको छ। यसैगरी वडा नं ४ मा जसपा भुम्लु गाउँपालिका समितिले सिंहमान तामाङलाई वडा अध्यक्ष को उम्मेदवारको रुपमा अघि सारेको छ भने दिपेन्द्र तामाङ, रामबहादुर तामाङलाई वडा सदस्यको उमेद्वारको रुपमा अघि सारेको छ।

जसपा भुम्लु गाउँपालिका समितिले वडा नं ५ मा कुमार तामाङलाई वडा अध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको छ भने जित प्रसाद तामाङ र धनमाया तामाङलाई वडा सदस्यको उम्मेदवारको रुपमा अघि सारेको छ।

यसैगरी वडा नम्बर ८ मा वडा अध्यक्षका उम्मेदवारको रुपमा रामकृष्ण श्रेष्ठलाई लखने अघि सारेको छ। उम्मेदवारहरुले निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गरेसँगै भुम्लु गाउँपालिकाका उम्मेदवारहरु चुनावी मैदानमा प्रवेश गरेको छ।

आगामी दिनमा वैशाख ३० गतेको निर्वाचनबाट जनताको निर्णयक मतले उम्मेदवार जनप्रतिनिधिकाे रुपमा अघि बढ्छ कि बढ्दैन त्यो भने निर्वाचनको मत परिणामबाट हेर्न नै बाँकी छ।

जसपा भुम्लु गाउँपालिकाका जसपा बाट उम्मेदवारी दिएका रमेश जि.सी(धिरज) र उप-मेयरका उम्मेदवार सुन्दरी तामाङ।

जसपा भुम्लु गाउँपालिकाले वडा नं १ मा उम्मेदवारको रुपमा अघि बढाएका वडा अध्यक्षको उम्मेदवार गणेश जि.सी।

१.जसपा भुम्लु गाउँपालिकाले वडा नं ४ को वडा अध्यक्षको उम्मेदवारको रुपमा अघि बढाएका दिपेन्द्र तामाङ। २.जसपा भुम्लु गाउँपालिका वडा नं ४ मा सदस्यका उम्मेदवारको रुपमा अघि बढाएका दिपेन्द्र तामाङ र रामबहादुर तामाङ।

जसपा भुम्लु गाउँपालिका समितिले वडा अध्यक्षको उम्मेदवारको रुपमा अघि बढाएका कुमार तामाङ र वडा सदस्यको रूपमा चयन गरिएका महिला उमेदवार वडा सदस्य धनमाया तामाङ।

वडा नं ५ मा जसपा भुम्लु गाउँपालिका समितिले वडा सदस्यको रूपमा अघि बढाएका उम्मेदवार जित प्रसाद तामाङ।

जसपा भुम्लु गाउँपालिका समितिले वडा नं ८ को वडा अध्यक्षको उम्मेदवारको रुपमा अघि बढाएका राम कृष्ण श्रेष्ठ।