२०८२ जेठ २२ बुधबार

राशिफल

खोटाङमा दुई उम्मेदवारविरुद्ध उजुरी, यस्तो छ कारण –

खोटाङ : जिल्लाका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाका वडाध्यक्षका उम्मेदवार ज्ञानराज राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाँडाको वडा सदस्यका उम्मेदवार हरिकुमार खत्रीविरुद्ध विरोध सम्बन्धी उजुरी परेको हो ।

खार्ताम्छाको चोखाने खानेपानी निर्माण योजनाको उपभोक्ता समितिको अध्यक्ष रहेको भन्दै वडाध्यक्षका उम्मेदवार राईविरुद्ध बुधबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

यस्तै, मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालय दोर्पाचिउरीडाँडासम्म जाने ढलानको पेस्की फर्छ्यौट नगरेको भन्दै वडा सदस्यका उम्मेदवार खत्री विरुद्ध उजुरी दर्ता भएको हो ।