काठमाण्डौ : इन्डियन प्रिमियर लिग आईपीएलमा सनराईजर्स हैदरावादलाई हराउँदै नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो ।
हैदरावादले दिएको एक सय ९६ रनको लक्ष्य गुजरातले २० ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । गुजरातका रिद्दिमान शाहले ६८ रनको अर्धशतकीय इनिङ खेले । हैदरावादका उम्रन मलिक एक्लैले ५ विकेट लिए ।
आठ खेलमा सातौं जित निकालेर शीर्ष स्थानमा उक्लिएको गुजरातले १४ अंक जोडेको छ । हैदरावाद आठ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
तपाइँको प्रतिक्रीया