२०८२ जेठ २२ बुधबार

राशिफल

रुसका विदेश मन्त्री लाभ्रोभ युक्रेनसँगको वार्ता फेरि अगाडि बढाउन सहमत

काठमाडौं  :  रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँगको वार्ता फेरि अगाडि बढाउन सहमति जनाएको छ ।

रुसको भ्रमण गरेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँगको भेटवार्तापछि उनले वार्ताका लागि रुस तयार रहेको जानकारी दिए ।

भेटवार्तापछि दुवै जनाले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा लाभ्रोभले युक्रेनसँगको रुसको द्वन्द्व कूटनीतिक तरिकाबाट नै समाधान गर्नुपर्नेमा आफूहरू सहमत रहेको बताए ।

उनले आफ्नो तर्फबाट यसअघि पनि वार्ताको पहल भएको, पटक पटक वार्ताहरू पनि भएको तर युक्रेनकै कारणले वार्ता सफल हुन नसकेको दावी गरे । आक्रमण भएको एक हप्ता नबित्दै पहिलो चरणको वार्ता भएको थियो । त्यसपछि पटक पटक वार्ता भएपनि निष्कर्षमा पुग्न सकेन ।