२०८२ जेठ २२ बुधबार

राशिफल

चितवनमा आगलागी ६ वटा पसल जलेर नष्ट

काठमाण्डौ :  चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ कमलनगरमा भएको आगलागीमा ६ वटा पसल जलेर नष्ट भएका छन् ।

तुलसीराम सापकोटाको चार तले घरमा आगलागी हुँदा घरमा रहेका ६ वटा पसलका सामानहरु जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी नायव उपरीक्षक डिएसपी नरहरि अधिकारीले बताए ।

बिहान २ बजेतिर आगलागी भएको सूचना पाएपछि आगो निभाउन खटिएकोमा बिहान सात बजेमात्र निभाउन सफल भएको डिएसपी अधिकारीले बताए । आगो निभाउन चार वटा दमकलको सहयोग लिइएको थियो ।

आगलागीमा परेर बसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, विष्णु प्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, बासुदेव आचार्यको फेन्सी पसल, सूर्यमणि लामिछानेको दियालो फेन्सी पसल र विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसलमा क्षति पुगेको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।