२०८२ जेठ २१ मङ्गलबार

राशिफल

च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा भिल्ला रियल पराजित

काठमाडौं  :  च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब भिल्ला रियललाई २–० गोल अन्तरले हराएको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन साडियो मानेले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको हो । खेलको ५३ औं मिनेटमा डिफेन्डर पेर्भिस इस्टुपिनानले आत्मघाती गोल गरेपछि लिभरपुलले सुरुआती अग्रता बनायो ।

दुई टोलीबीचको दोस्रो लेग आउँदो मे ४ मा हुनेछ । दोस्रो लेग भिल्लाको मैदानमा हुनेछ । लिभरपुलले अहिलेसम्म ६ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ भने भिल्ला रियलले अहिलेसम्म उपाधि जितेको छैन ।