काठमाडौं : अछाममा चक्कु प्रहारबाट ४ जना घाइते भएका छन् । ढकारी गाउँपालिका १ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि बुधबार राति चक्कु प्रहार भएको हो । स्थानीय तपेन्द्र बुढा लगायत १० जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरीले कार्यालय अछामले जनाएको छ ।
स्थानीयको बिहे भोजमा मदिरा सेवनपछि दुई समूहबीच ढुंगा हानहानको भएको थियो । यही अवस्थामा तपेन्द्र बुढाको समूहले चक्कु प्रहार गरेको प्रहरीको भनाइ छ । चक्कु प्रहार गर्ने तपेन्द्र प्रहरीले नियन्त्रणमा लिएको र अन्य फरार रहेको जनाएको छ ।
चक्कु प्रहार गरी घाइते भएकाहरुको स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । चक्कु प्रहारबाट मानबहादुरको टाउको र ढाडमा चोट लागेको छ भने हिक्मतबहादुर टाउको र हातखुट्टामा चोट लागेको छ । उनीहरुको अवस्था गम्भीर छ । तुलसी बुढाको टाउकोमा र खगेन्द्र बुढाको हात खुट्टामा चोट लागेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया