२०८२ जेठ २५ शनिवार

राशिफल

आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ घट्यो

काठमाण्डौ : आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ घटेर ९८ हजार रुपैयाँ कायम भएको छ ।

हिजो तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ हिजोकोभन्दा मा तोलामा २० रुपैयाँ घटेर एक हजार तीन सय २० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।