काठमाडौं : युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले रुसले ग्यास र व्यापारलाई युरोप विरुद्ध हतियारको रुपमा प्रयोग गरेको बताएको छ ।
रुसले पोल्याण्ड र बुल्गेरियामा हिजोदेखि ग्यास आपूर्ति बन्द गरेको छ । युरोपेली आयोगले पनि रुसले पोल्याण्ड र बल्गेरियामा ग्यास निर्यात बन्द गरेर मोलमोलाइ गरेको आरोप लगाएको छ ।
यस्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्ने कुनै पनि देशले तत्काल रुसी प्रतिक्रियाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । पुटिनले आफूहरुसँग सबै खाले उपकरण रहेको र आवश्यक परेमा प्रयोग गर्ने भन्दै कुनै पनि देशले घमण्ड गर्न नहुने बताएको हो । पुटिनको भनाईलाई ब्यालेष्टिक क्षेप्यास्त्र र आणविक हतियारहरूसँग जोडेर हेर्न सकिने बीबीसीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया