काठमाण्डौं : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनमत पार्टीले १८० भन्दा बढी पालिकामा विभिन्न पदमा उम्मेदवारी दिएको छ ।
ती पालिकाका १ हजार २ सयभन्दा बढी वडा अध्यक्षसहितको उम्मेदवारी दर्ता गराएको जनमत पार्टीका केन्द्रीय महासचिव चन्दन सिंहले जानकारी दिए ।
मधेस प्रदेशको सबैजसो पालिकाका साथै प्रदेश नम्बर १ को उदयपुर, सुनसरी, मोरङसहितका केही पालिका, लुम्बिनी प्रदेशको अधिकांश पालिका र बागमती प्रदेशका केही पालिकामा गरी १८० भन्दा बढी स्थानीय तहमा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, वडा सदस्यसहितका पदमा उम्मेदवारी दर्ता गराएको जनमत पार्टीले जनाएको छ ।
०७४ को स्थानीय तहको निर्वाचनको बेला तत्कालीन स्वतन्त्र मधेस गठबन्धनको नेतृत्व गरेका डा। सीके राउतले ‘कोठली बाहर मत’ को अभियान चलाएका थिए ।
तपाइँको प्रतिक्रीया