काठमाण्डौं : आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट विराटनगर महानगरपालिकाको प्रमुखका उम्मेदवार नागेश कोइराला आजदेखि मतदाताको घरदैलोमा पुगी मत माग्न थालेका छन् ।
निर्वाचन नजिकिँदै गएपछि आफ्ना प्रचारप्रसारलाई तीव्र एवं प्रभावकारी बनाउने योजनामा रहनुभएका उम्मेदवार कोइरालालाई काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले समेत सहयोग गरिरहेका छन् ।
पूर्व अर्थमन्त्रीसमेत रहेका आचार्यले घरदैलोका क्रममा विराटनगरले युवा उम्मेदवारलाई अघिसारेको बताउँदै अब देश र स्थानीय तहको विकास काँग्रेस नेतृत्वको सरकारबाट मात्र सम्भव हुने स्पष्ट पारे ।
तपाइँको प्रतिक्रीया