काठमाण्डौं : निर्वाचन आयोगले वैशाख २८ देखि ३० गतेसम्म तीन दिन मतदान केन्द्र रहने विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सरकारलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।
मतदान केन्द्र रहेका विद्यालयहरूको भौतिक उपस्थिति नगराइ वैकल्पिक विधिबाट पठनपाठन गर्ने व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय भएको उनले बताए ।
तपाइँको प्रतिक्रीया