२०८२ जेठ ३२ शनिवार

राशिफल

स्थानीय तह चुनाव – ७२ जिल्लाको मतपत्र छपाइ सकियो

काठमाण्डौं : स्थानीय तह निर्वाचनका लागि बिहीबारसम्म ७२ जिल्लाको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले बताएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनका क्रममा आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले आजसम्म ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सकिएको जानकारी दिए ।

हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ३३ हजार मतपत्र ढुवानी गरिएको पनि जानकारी दिए । आयोगका प्रणालीमा हालसम्म १ लाख ५३ हजार उम्मेदवारको मनोनयन दर्ता भएको पनि जानकारी दिए ।​