काठमाण्डौं : सुनसरीको हरीनगरा गाउँपालिका ४ नुनिया टोलस्थित हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान ११ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २३ प ६६६७ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ५३१४ नम्बरको बसले ठक्कर दिँदा मोटरसाईकल चालक स्थानीय ४९ वर्षीय प्रदिप साह घाइते भएका थिए ।
घाइते भएका साहलाई उपचारको लागि नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया