२०८२ जेठ ३२ शनिवार

राशिफल

बागी उम्मेदवारी फिर्ता लिने सम्बन्धि पाँच दलीय गठबन्धनको बैठक बस्दै

काठमाडौं  : बागी उम्मेदवारी फिर्ता लिने समय घर्किँदै जाँदा पाँच दलीय गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरपछि बैठक सुरु हुने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए ।

बैठकमा बागी उम्मेदवारी फिर्ताबारे छलफल हुने उनको भनाइ छ । स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल भए पनि ठाउँ ठाउँमा बागी उम्मेदवारी परेको छ । ११ र १२ वैशाखमा भरतपुर र पोखरासहितका महानगरसँगै, विभिन्न उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामासेमत आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ ।

उम्मेदवारी फिर्ता लिने समय भने शुक्रबार ५ बजेसम्म रहेको निर्वाचन आयोगले जनाएको छ