२०८२ जेठ २२ बुधबार

राशिफल

उपत्यका सहित देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्दै

काठमाडौं  : काठमाडौं उपत्यका सहित अहिले  देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ ।

भारतको बिहारमा बनेको न्यून चापीय प्रणाली, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विशेषगरी आज प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो पहाडी क्षेत्र र तराईका केही ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ ।