काठमाण्डौं : हाँस्य कलाकार तथा निर्देशक सी पी पुडासैनी ‘धतुरे’ ले पार्टी परित्याग गरेका छन् ।
नेकपा एकिकृत समाजवादीको काठमाण्डौं जिल्ला सदस्य रहेका पुडासैनीले बालेन शाहलाई समर्थन गर्दै पार्टी छाडेको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।
उक्त पार्टीमा प्रजातान्त्रिक प्रणाली लागु नभएको, मौलिक विचार बोकेको नपाइएको तथा व्यक्तिगत स्वार्थ हावी भएको पाइएकाले आफुले पार्टी परित्याग गरेको एनडिसी खबरसँग कुरा गर्दै बताएका छन् ।
यही वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रतापूर्वक सक्षम व्यक्ति छानेर मतदान गर्ने उनको भनाई छ ।
आगामी दिनमा स्वतन्त्र पूर्वक अगाडी बढ्नुको साथै कुनै पनि राजनितिक दलको झण्डा नबोक्ने पुडासैनीको प्रतिवद्धता रहेको छ ।
यस्तै २०४७ साल देखि अनवरत रुपमा राजनितिक क्षेत्रमा होमिएका पुडासैनीले आगामी क्षेत्रीय निर्वाचनमा आफुले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएर अगाडी बढ्ने समेत बताएका छन् ।
कलाकारितासँगै समाजसेवा गरेर छुट्टै छवि बनाउँन सफल एक उदाहरणीय व्यक्तित्वको रुपमा परिचित पुडासैनीको राजनितक क्षेत्रमा समेत अतुलनीय योगदान रहेको छ ।
उनी कागेश्वरी मनोहरा नगरपालिकामा नगर सांस्किृतिक मञ्चका अध्यक्ष समेत हुन् ।
तपाइँको प्रतिक्रीया