२०८२ जेठ २१ मङ्गलबार

राशिफल

विमानको शौचालयमा सुन लुकाएर  तस्करी गर्न खोजेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ

काठमाडौं :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत फेरि संगठित रुपमा सुन तस्करी हुन थालेको छ । सरकारले साढे ३३ किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च स्तरीय समिति बनाएर अनुसन्धान गरेयता संगठित रुपमा सुन तस्करी भएको भटिएको थिएन ।

तर हालै मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेपछि तस्करहरुले संगठित रुपमा सुन तस्करी गर्ने प्रयास गरिरहेको भेटिएको हो ।

विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी भीमप्रसाद ढकाल भन्छन्, ‘विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोजेको पाइएपछि तीन जना कर्मचारीसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरी रहेका छन् । तिनै जना विमान सफा गर्ने सुनगाभा कम्पनीका कर्मचारी रहेको बताए ।

एसएसपी ढकालका अनुसार उनीहरुले हिमालय एयलाइन्सको विमानमा शौचालयमा लुकाइएको सुन पास गराउन खोजेका थिए । तर चेकजाँचका क्रममा पक्राउ परेका थिए ।