चितवन : भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ताका लागि मनाउन आएका दुई मन्त्री काठमाडौं फर्किएका छन् ।
गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ शुक्रबार दिउँसो बुद्ध एयरको विमानबाट काठमाडौं फर्किएका हुन् । गृहमन्त्री खाँण वैशाख १४ गते र राज्यमन्त्री श्रेष्ठ १५ गते भरतपुर आएका थिए ।
उनीहरुले वैशाख १५ गते स्वतन्त्र उम्मेदवार पौडेललाई घरमा नै गएर भेटेका थिए ।
तपाइँको प्रतिक्रीया