२०८२ जेठ २१ मङ्गलबार

राशिफल

सबै मतगणनास्थलमा सिसी क्यामरा राख्न निर्देशन

काठमाडौं : निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका मतगणनास्थलमा अनिवार्य रुपमा सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिएको छ ।

मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको हो ।

सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरिसकेको छ ।