सोेलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ४ जुबुमा स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष पदमा हर्क राईले उम्मेद्वारी दिएका छन् ।
यही बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा समृद्ध वडा निर्माणका लागि वडाध्यक्ष पदमा उम्मेद्वारी दिएका हुन् ।
उम्मेद्वार राईको जित्ने संभावना बलियो देखिएको छ । १२ वर्ष शिक्षण सिकाईको अनुभव बटुलेका राई समाज सेवामा पनि उतिकै तल्लिन देखिन्छन् ।
उनले विगत ३ वर्षदेखि आफ्नै सवारी साधनबाट जुबुबासी बिरामी पर्दा अस्पतालसम्म लैजानका लागि समेत निःशुल्क सहयोग गर्ने गरेको बताए।
एनडिसी खबरसँग कुरा गर्दै उनले भने, चुनाव जितेको खण्डमा एक घर, एक धारा अभियान सञ्चालन गर्ने, वडामा दिर्घकालिन रुपमा सवारी सञ्चालनको लागि पहल गर्छु ।
यस्तै आफु निर्वाचित भई सकेपछि राष्ट्रिय प्रसारण लाईन जुवु बासीको घरघरमा पुर्याउँने योजना रहेको उनको भनाई छ । साथै वडा नम्बर ४ मा भएका विद्यालयहरुको शिक्षामा सुधार ल्याउँनका लागि समय, समयमा अन्तरक्रिया गर्नुका साथै अनुगमन टोलि गठन गरी अनुगमन गर्ने उनले बताए ।
चुनावी मैदानमा होमिदै गर्दा ७० भन्दा बढी युवाहरुको साथ आफ्नो पक्षमा रहेकाले पनि वडाध्यक्षमा जित्ने संभावना प्रवल रहेको प्रतिक्रिया दिए।
तपाइँको प्रतिक्रीया