२०८२ असार १५ आइतबार

राशिफल

घुससहित पक्राउ परेका मालपोत अधिकृत झाविरुद्ध मुद्दा दायर

काठमाण्डौं : ५ लाख घुससहित पक्राउ परेका धनुषास्थित भूमिसुधार तथा मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख ९मालपोत अधिकृत ० सुनिल कुमार झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

जग्गा सम्बन्धी हक सफा मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई चैत २८ गते पक्राउ गरेको थियो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१०को कसुर देखिएकाले विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।