काठमाण्डौ : आज मातातीर्थ औँसी, श्रद्धा भक्तिका साथ मनाइँदैछ । छोराछोरीले बिहानै नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा दिने र मीठामीठा खानेकुरा खान दिएर आशीर्वाद थाप्ने चलन छ ।
हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमाको मुख हेर्ने पर्व मनाइन्छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड दिएर सम्झने गर्छन् ।
शास्त्रमा आमा र जन्मभूमिको महत्त्व दर्शाइएको र विशेषगरी आजका दिन आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभ आशीर्वाद थाप्ने परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।
त्यस्तै दिवङ्गत आमाका नाममा तर्पण, पिण्डदान र सिदादान गरिन्छ । यस अवसरमा काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा रहेको मातातीर्थमा मेला लाग्ने गर्छ ।
तपाइँको प्रतिक्रीया