२०८२ जेठ २१ मङ्गलबार

राशिफल

काठमाण्डौको गोकर्णेश्वरमा कान्तिभैरव जात्रा प्रारम्भ

काठमाण्डौ :  काठमाण्डौको गोकर्णेश्वरमा कान्तिभैरव जात्रा सुरु भएको छ ।वैशाख कृष्ण चतुर्दशीको मध्यरातदेखि कान्तिभैरव जात्रा सुरु हुने गर्छ ।गोकर्णेश्वर उत्तरगया क्षेत्रमा ध्वजा पताकाले सिँगारिएको छ । कान्तिभैरवकै नामबाट कान्तिपुर नामकरण भएको जनविश्वास छ ।

आज स्थानीय डबलीमा आमा छोरी र सासु बुहारीले संयुुक्तरुपमा सहभागी भएर सिन्दुर जात्रा हेर्ने चलन छ । यसलाई कान्तिभैरवको सिन्दुर जात्रा पनि भन्ने गरिएको साविक गोकर्णेश्वर गाविसका पूर्व उपाध्यक्ष राधाकृष्ण श्रेष्ठले बताए ।

भातको देवता अर्थात जालद्यःलाई कान्ति भैरवको सौगात मानिन्छ । तीन ठाउँमा व्रत बसेका तीन जना गुठियारले एकरएक पाथीे भातको देवता बनाउँछन् । भातको अग्लो मूर्तिलाई दुई जनाले बोकेर तुलजा भवानीको मन्दिरमा लैजाने परम्परा रहेको छ ।

मन्दिरमा भातको देवता लिन जात्रालु रथसहित जाने गर्छन् । रथलाई तुलजा भवानीको परिक्रमा गराएपछि भातको देवता बोकी जात्रालुको जमात भैरवी मन्दिर पुग्छन् । कान्तिभैरव मन्दिर प्राङ्गणमा भाते देवतासहित भैरवको रथ पुर्याएपछि मन्दिर परिक्रमा गराइन्छ ।