२०८२ जेठ २५ शनिवार

राशिफल

कोटेश्वरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

काठमाण्डौ :  काठमाण्डौको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।

गएराति प्रदेश नम्बर ०३–०२००५ प ५८७७ नम्बरको मोटरसाइकल कोटेश्वरमा अनियन्त्रित  हुँदा नालीमा खस्दा २२ वर्षका सचिन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका काभ्रे उग्रतारा गाउँपालिका वडानम्बर ७ का श्रेष्ठको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।