काठमाण्डौ : अहिले देशका विभिन्न ठाउँमा पानी परेको छ । गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिमी बङ्गालसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बद्ली रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले बताए ।
सात वटै प्रदेशका पहाडी क्षेत्रमा अबको तीन दिनसम्म यस्तै मौसम रहने अनुमान छ । मेघगर्जन र चट्याङ्गगसहित छिटफुट पानी पर्नेछ । पानी परेका ठाउँमा तापक्रम पनि घटेको छ ।
तपाइँको प्रतिक्रीया