२०८२ जेठ २२ बुधबार

राशिफल

मौसम प्रतिकुल भएसँगै उडान प्रभावित

काठमाण्डौ  :  मौसम प्रतिकुल भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानैदेखि उडान तथा अवतरण प्रभावित भएको छ ।

काठमाण्डौ उपत्यकामा मेगघर्जन सहित बादलले ढाकेको छ । कतैकतै पानी परेको छ । भिजिबिलिटी कम भएकाले उडान र अवतरण प्रभावित भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । तारा, बुद्ध र यतीका गरी ६ वटा उडान डाइभर्ट भएका छन् ।

ताराको लुक्ला–काठमाण्डौ जहाज रामेछापमा तथा बुद्धका चार र यतीको एउटा उडान जनकपुर डाइभर्ट भएको प्रवक्ता सिटौलाले बताए । अन्तर्राष्ट्रिय उडानमा अहिलेसम्म समस्या नरहेको उनको भनाइ छ ।